गाडी दुर्घटनामा एमालेका पूर्व सांसद सरितादेवी चौधरी सहित दुई जनाको मृत्यु

जनकपुर, ३० असार–धनुषाको जनकपुरमा एमाले नेता सवार गाडी दुर्घटना हुँदा पूर्वसांसदसहित दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

सो दुर्घटनामा सिरहाको लहान नगरपालिका १२ बस्ने ४० वर्षीय एमाले कार्यकर्ता ललिता चौधरी र एमालेका पूर्व सांसद ३० वर्षीया सरितादेवी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा पूर्व सांसद रामरति राम, केन्द्रीय विभागका सदस्य मागेद कामत, जिल्ला कमिटी सदस्य सिरहाका सागरदेवी चौधरी र दिलिप चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर न्युरो अस्पताल पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here