गाडी दुर्घटनामा एकको मृत्यु, २३ घाइते

बाँके, १६ असोज– नेपालगन्जमा बस र ट्रक एक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ, भने २३ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपालगन्ज–गुलरिया सडकखण्डको नन्दनीमिल नजिकै ना ४ ख १०९४ नम्वरको बस र ना २ ख ९३६० नम्वरको ट्रक एक आपसमाठोक्किंदाबसमा सवार भारतीयनागरिक रुपैडियाका ६० बर्षिय राममनरथ शर्माको मृत्यु भएको हो ।
नरसिंह होममा उपचार गराइरहेका गम्भीर घाइते मध्ये ट्रक चालक नेपालगन्ज १९ बसपार्कका ३४ बर्षिय राजकुमार परियारलाई गएराती नै थप उपचारकालागि भारतको लखनउ लगिएको प्रहरीले जनाएको छ ।
नेपालगन्जबाटगुलरियातर्फ जांदै गरेको बस र विपरित दिशाबाट आइरहेको ट्रक गएराती ११ बजेतिर ठोक्किएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here