गाडी किन्न सोचमा हुनुहुन्छ ? ३५ प्रतिशत नगत बुझाए पुग्ने

काठमाडौं, ३२ साउन– आजवाट सर्वसाधारणले ३५ प्रतिशत डाउन पेमेन्टमा निजी सवारी साधन किन्न सक्ने भएका छन। नेपाल राष्ट्र वैकले आजवाट लागुहुने गरी एकिकृत निर्देशन जारी गर्दै कर्जाको धितो मूल्याङकनलाई ५० वाट वढाएर ६५ प्रतिशत पु¥याएपछि सर्वसाधारणले यस्तो सुविधा पाउने भएका हुन ।
त्यस्तै राष्ट्र वैकले निजी विद्युतीय सवारी कर्जाको सिमा वढाएर ८० प्रतिशत पु¥याएको छ । राष्ट्र वैकको यस्तो व्यवस्थाले विद्युतीय सवारी खरीद गर्दा २० प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्ने भएको छ ।
राष्ट्र वैकले वित्तिय संस्थाहरुले घर कर्जामा उपलव्ध गराउने कर्जाको सिमालाई समेत वढाएको छ । १ करोड रुपैयाको घर कर्जाको सिमालाई वढाएर १ करोड ५० लाख पु¥याइएको छ । चालु आर्थिक वर्षमा लिइएको मौद्रिक नितीअनुसार राष्ट्र वैकले कर्जाको सिमा वढाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here