गाँजासहित तामाङ पक्राउ

रसुवा, २९ फागुन । गोसाइँकुण्ड जाने धार्मिक मार्गमा सञ्चालित होटलबाट नेपाल प्रहरीले गाँजासहित एक व्यक्तिलाई शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी निरीक्षक धु्रवप्रसाद सिलवालका अनुसार पक्राउ पर्नेमा धुन्चे–९ हाल गोसाइँकुण्ड गाउँपालिका–६का ३९ वर्षीय सोनामछिरिङ तामाङ रहेका छन् ।

आफैँले सञ्चालन गर्दै आएको साप्ते भन्ने स्थानको होटलबाट साढे चार किलो गाँजासहित तामाङलाई पक्राउ गरेको बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here