गाँजाफाँडी बिरुवा रोप्दै उपत्यकाका नदी र चक्रपथ सफाइ

काठमाडौँ, २३ असार-उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान शुरु भएको ३०० हप्ता हुन लाग्दा पनि नदीको सफाइमा खासै परिवर्तन आएको छैन ।

विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी प्रत्येक हप्ता नदी किनारमा जम्मा भएर सफाइ भने गर्छन् । सफाइ अभियानलाई फेसबुकमा सेल्फी खिच्नकै लागि शनिबार बिहान नदी किनारमा गएको आरोप लगाउनेको पनि कमी छैन ।

तर सफाइ महाअभियानले सामाजिक जागरण ल्याएकोमा भने आलोचक पनि सहमत छन् । जसका कारण हाल देशभर १०० स्थानमा सफाइ भइरहेको छ । सफाइमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले पटक ÷पटक दोहो¥याउने गर्नुभएको ‘वाग्मतीमा प्लाष्टिक टिपेर केही हुन्न, नटिपी पनि केही हुन्न’ भन्ने बाक्यांश भने महत्वपूर्ण छ ।

सफाइका बारेमा आएका नकारात्मक टिप्पणीलाई सम्बोधन गर्नुहुँदै उहाँले नागरिकलाई जिम्मेवार बनाउन सफाइ अभियान शुरु गरिएको बताउने गर्नुभएको थियो ।

उपत्यकाबाट ३३ मेट्रिकटन फोहर व्यवस्थापन 
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here