गम्भीर सूचना चुहावट,अनुशासनहीनता बढ्ने:प्रधानमन्त्री

काठमाडौँ, ३ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढङ्गले केही गम्भीर प्रकृतिका सूचना चुहावट हँुदा अनुशासनहीनता बढ्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले गम्भीर सूचना चुहावट हुँदा राष्ट्रिय गोपनीयता पनि भङ्ग हुने गरेकाले त्यसलाई सरकारले रोक्ने स्पष्ट गर्नुभयो ।

अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले मुलुकको अग्रगामी विकास गर्न, जनतालाई थप अधिकारसम्पन्न बनाउन र लोकतन्त्र सुदृढीकरण गर्नका लागि संविधानमा भएका कमजोरी सच्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचनाको हकको मात्रै नभई सही सूचनाको सही सम्पे्रषणको हक सम्बन्धमा पनि सोच्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले अधिकारको मात्रै कुरा ग¥यौंँ, प्राप्त भएका अधिकार प्रयोग गर्ने सन्दर्भमा कतिपय कुरा अपुग रहेछन् भने सो कुरा उठाउनु राम्रो हुन्छ, व्यक्तिका धेरै अधिकार मौलिक हकका रुपमा आइसके ।”
सूचनाको हकसँगै गोपनीयताको हक पनि रहन्छ भन्नेतर्फ सजग हुनुपर्ने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले स्वतन्त्रताको हकसँगै सामाजिक मर्यादा, दायित्व र कर्तव्य पनि बिर्सन नहुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here