गणतन्त्र स्तम्भ निर्माण कुरामा सीमित

काठमाडौंँ, २९ चैत – मुलुकमा गणतन्त्र आएको दश वर्ष पूरा हुनलागे पनि गणतन्त्रको प्रतीक स्वरूप निर्माण गर्न लागिएको गणतन्त्र स्तम्भ कहिले बन्ने हो अझै अन्योल छ ।

मन्त्रिपरिषद्को तीन–तीन पटकको निर्णय र मुलुकका दुई जना प्रधानमन्त्रीले शिलान्यास गर्नुभएको त्यस स्तम्भको निर्माण कार्य कहिलेदेखि सुरु हुनेछ भन्नेबारे स्तम्भ निर्माणको जिम्मेवारी पाएका सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरू पनि भन्नसक्ने अवस्थामा छैनन् ।

पहिलो पटक २०६६ जेठ १५ गतेको मन्त्रिपरिषद्को बैठकले गणतन्त्र स्तम्भ स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजधानीको रत्नपार्कमा स्तम्भको शिलान्यास गर्नुभएको थियो ।

त्यसपछि, २०६७ असार २ गतेको मन्त्रिपरिषद्को निर्णयले रत्नपार्कमा सो स्तम्भको निर्माण साँघुरो हुन्छ भनी ललितपुरको गुँसीगालस्थित यूएन पार्कमा स्तभ्म बनाउने निर्णय गरेको थियो । आजको गोरखापत्रमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here