काठमाडौं–संयुक्त मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । सरकारले पुरानो संशोधन प्रस्ताव फिर्ता लिएर संसदमा नयाँ संशोधन विधेयक दर्ता गरेसँगै रुष्ट बनेको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रमको घोषणा गर्न लागेको हो ।
गठबन्धनले आज दिउँसो पत्रकार सम्मेलन गरी एक महिना लामो आन्दोलनका कार्यक्रमको घोषणा गर्न लागेको नेता केशव झाले जानकारी दिनुभयो। पुरानो संशोधन विधेयक फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गरेर सरकारले आफूहरुका माग सम्बोधन गर्न अटेर गरेको निष्कर्षमा गठबन्धन पुगेको झाले बताउनुभयो ।
नेता झाका अनुसार गठबन्धनमा आबद्ध दलहलरुका अध्यक्षहरुको अहिले केहीबेरमा बस्ने बैठकले आन्दोलनका कार्यक्रमको अन्तिम टुंगो लगाउनेछ ।
गठबन्धनले अनिश्चितकालीन आमहड्ताल, लाठी जुलुस, निर्वाचन कार्यालय घेराउ लगायत आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

