गजुरीका दुई स्थानमा बम फेला परे, यातायात अबरुद्ध

काठमाडौं,८ मंसिर– पृथ्वि राजमार्ग अन्तर्गत धादिङ्गको गजुरीका दुई स्थानमा बम फेला परे पछि सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ ।

गजुरीको घाटबेसी र त्यहाँबाट १ किलोमिटरको दुरीमा रहेको गल्छी बैरेनीमा बम फेला परेको  प्रहरीले जनाएको छ ।

गजुरी स्थित सैनिक ब्यारेकको बम डिस्पोजल टोली घटना स्थलमा खटिएको प्रहरी निरिक्षक सञ्जय तिमिल्सीनाले जानकारी दिनुभयो । विहानै बम फेला परेका कारण स्थानीय भने त्रसित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here