डोटी, २१ साउन– डोटीको बोगटान गाउँपालिका ६ गगुडामा जीप दुर्घटना हुदा चालकसहित एकै गाउँका ९ जनाको मृत्यु भएको छ । दिपायलबाट चबरा चौताराका लागि छुटेको से १ ज ४९१ नम्बरको जीप गएराती साढे ११ बजे दुर्घटना हुदा ९ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी अन्य ७ गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा सबैजना बोगटान गाउपालीका १ सिमचौरका रहेका छन् । मृत्यु हुनेमा सिमचौरका ३५ बर्षीय बिष्णु मगर, ५० बर्षीय बुढो घर्तीमगर, ४५ बर्षीय गोरख थापा, ४५ बर्षीया ललीता देबी पुनमगर, ४८ बर्षीय सशिराम पुनमगर रहेका छन् ।
यस्तै ४० बर्षीय टेक बहादुर पुनमगर, ३० बर्षीय चन्द्र बहादुर घर्तीगमर, ५५ बर्षीय भिम बहादुर घर्तीमगर र चालक सिखर नगरपालीका १ कफल्लेकीका २८ वर्षिय बिष्णु नेगी रहेको डोटीका प्रहरी नायव उपरिक्षक शिजबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनाका ७ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर उहाँले बताउनुभयो ।
जीप कच्ची सडकबाट करिब साढे चार सय मिटर तल खसेको हो । निरन्तर पानी परेको र कच्ची सडक भएकाले जीप दुर्घटनामा परेको प्रहरीले बताएको छ । एकै गाउँका ९ जनाको मृत्यु भएपछि सिमचौर सोकमग्न भएको छ ।

