गगन थापा संसदमा बोल्दै गर्दा माईक काटिय पछि भयाे यस्ताे !(फाेटाे सहित)

काठमाडौं १३ पुस । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै काँग्रेस नेता गगन थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ ।

प्रदेश र स्थानीय तहका लागि आवश्यक ऐन नबनी संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै थापाले त्यसलाई फिर्ता गर्न माग गर्नुभयो । प्रतिनिधीसभाको बैठकमा बोल्दै तत्काल तीनै तहको ऐन बनाउन माग गर्नुभयो । कर्मचारी समायोजनमा सुल्टो बाटो हिँड्न प्रधानमन्त्रीलाई आफूहरूले पटक–पटक आग्रह गरे पनि प्रधानमन्त्रीको रुची अर्कै कुरामा रहेको आरोप लगाउनुभयो । उहाँ संसदमा रातदिन काम गरेर भएपनि निकास खोज्नुपर्नेमा सरकार गम्भीर नभएको बतानुभयो । उहाँले सरकारले एक पटक अाफ्नाे अनुहार एेमा हेर्न भन्नुभयाे ।

गगन थापाकाले बाेल्दै गर्दा संसदमा माइककाे लाइन काटियाे तर गगन बाेल्नु हुनुहुन्थ्याे त्यसै क्रममा सभामुख महराले अर्काे वक्ताकाे नाम बाेएपछि गगन बाहिर निस्कन खाेज्दा काँग्रेसका केहि नेताले राेके त्यतिकैमा काँग्रेस नेता बाल कृष्ण खाँले माइक समाएर बाेले र भने हाम्रा नेताले बाेल्दा किन माइक काटियाे ? सभामुखले हाँस्दै समय सकियाे हाेलाे भने । प्राविधिक कारण भने ।

गगन थापाकाे माइक काटिएकाे बारेमा बाेल्दै नेता खाँण उनले संसदकाे घडि बिग्रेकाे हाे भन्दै व्यङगे गरे

निर्धारित समय भन्दा ३० सेकेन्ड बढि बाेलेकाे भन्दै सभामुख महरा

म समय भित्रै बाेल्दै थिए भन्दै माेवाइल देखाउँदै नेता थापा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here