खैरो हिरोइनसहित २ भारतिय नागरिक पक्राउ

मोरङ,२७ बैशाख । मोरङको बेतौनीबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका २८ बर्षीय सन्तोष मण्डल र गाडीमा सवार २४ वर्षका कमरूल खाँन रहेकाक छन् ।

गएराति पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स्कारपियो गाडीबाट १ सय २५ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको प्रहरलिे जनाएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र अस्थायी प्रहरी चौकी बेतौनीबाट खटिएको टोलीले पक्राउ गरेको हो । बरामद लागुऔषध र गाडीलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here