खेल क्षेत्रको विकास जरुरी: गृहमन्त्री थापा

काठमाडौँ, २ भदौ: गृहमन्त्री रामबहादुर थापाले मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास जरुरी रहेको बताउनुभएको छ ।

नेपाल शरीरिक सुगठन महासङ्घद्वारा आज आयोजित दोस्रो माउन्ट एभेरेस्ट शारीरिक सुगठन च्याम्पियनसीप २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले संसारका ठूला मुलुकले खेल क्षेत्रबाटै तीव्र आर्थिक विकास गरेको बताउँदै मुलुक समृद्धि बनाउन खेल क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले खेल क्षेत्रमा रहेको सस्याको समाधान गरी आवश्यक नीति तथा कानून सरकारले बनाउने प्रतिबद्धता जनाउनुभयो । नेपाल अहिले विकासको चरणमा रहेको उल्लेख गर्दै उहाँले युवा र खेल क्षेत्र जोडेर मुलुको विकास गर्न सकिने स्पष्ट पार्नुभयो ।

खेल कूटनीतिमार्फत विश्वका धेरै देशको सम्बन्ध सुधार भएको बताउँदै उहाँले टेबलटेनिस खेलबाट अमेरिका र चीनको सम्बन्ध सुधार भएको प्रसङ्ग उल्लेख गर्नुभयो । “पछिल्लो समय खेकूदकै माध्यबाट उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धसमेत सुधार भएको हामीले देखेका छौँ”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here