काठमाडौँ, १७ जेठ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभएको छ ।
युवा तथा खेलकूद मन्त्रालयमा आज आयोजित सय दिनभित्र मन्त्रालयले गरेको कार्य योजनाको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले देशको लागि खेल्ने क्रममा घाइते हुने खेलाडीको लागि यसपटकदेखि दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभयो ।
मन्त्री सुनुवारले तेह्रौ दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजनाको लागि आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको लागि तयारी भइरहेको जानकारी दिनुभयो ।

