खानेपानी ट्याङ्कीमा विषादी हालिएको सम्बन्धमा अनुसन्धान गर्न छानबिन समिति

मोरङ, ३० साउन: खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मोरङ लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादीयुक्त पानी खाँदा त्यहाँ अध्ययनरत २८ विद्यार्थी बिरामी परेको घटनाको छानबिन गर्न आज सो समिति गठन गरिएको हो ।

समितिलाई घटनाका बारेमा छानबिन गरेर जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी दिइएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।

समितिले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा छानबिन शुरु गरिसकेको जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद घनश्याम खतिवडाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग पनि गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here