काठमाडौ, २७ जेठ – खाडी मुलुकको आन्तरिक राजनीतिमा नेपाल ‘मुछिन’ नहुने भन्दै कुनै पनि औपचारिक धारणा तत्काल बाहिर ल्याउन नहुने सुझाव त्यहाँस्थित नेपाली दूतावासहरूले परराष्ट्र मन्त्रालयमार्फत् सरकारलाई दिएका छन् ।
‘यो सुन्नी मुस्लिम बाहुल्य खाडी मुलुकहरुको नितान्त आन्तरिक मामिला हो ।अहिले हाम्रा नागरिकलाई कुनै भौतिक असुविधा तथा असुरक्षा छैन्’ खाडी स्थित नेपाली दूतावासहरूले परराष्ट्रलाई दिएको जानकारीमा उल्लेख छ, ‘गल्फ को–अपरेसन काउन्सिल जीसीसी बीच यस्ता समस्या यसअघि पनि आएको र समाधान भएको उदाहारण छन् ।
त्यसैले हतारिन हुँदैन । हामी अध्ययनमा नै छौ । समस्या समाधान गर्न खाडी मुलुकहरूबीच आन्तरिक रूपमा निकै पहल भइरहेको छ ।’
खाडी मुलुकस्थित दुतावास स्रोतहरूका अनुसार जीसीसी मुलुकमा नेपाली, भारतीय, बंगाली, पाकिस्तानी, श्रीलंकन नागरिकहरू वैदेशिक रोजगारी तथा व्यवसायीमा संलग्न छन् ।
कतारमा भारतीयपछि नेपालीको संख्या बढी छ । अहिले कतारमाथि नाकाबन्दी भएकाले त्यहाँमात्र समस्या हुन सक्छ । तर, अरू खाडी मुलुकमा समस्या छैन ।
ती खाडी मुलुकका कूटनीतिक नियोगका प्रमुखहरु आफ्ना नागरिकको अवस्थाबारेमा त्यहाँको सरकार र एक आपसमा समेत छलफल गरिरहेका छन् । आजको कान्तिपुरमा खबर छ ।

