खाडीको चर्को घामले शुक्रकीटमा ह्रास

काठमाडौं,७ जेठ । खाडीको चर्को गर्मीमा श्रम गर्नेहरुको शुक्रकीटमा ह्रास आउने गरेको छ । खाडीबाट फर्कने २० प्रतिशत पुरुषहरुमा शुक्रकीटको गुण र संख्यामा ह्रास आएको परीक्षणहरुले देखाएका छन् । समाचार अनुसार कतार, साउदी अरब र मलेसियामा काम गरी फर्केका युवा र तिनका पत्नी परामर्श तथा उपचारका लागि अस्पताल एवं निःसन्तान केन्द्रमा धाउने गरेका छन् ।
‘हरेक प्रजनन योग्य पुरुक्षमा औसत प्रतिमिलिलिटर दुई करोडभन्दा बढी शुक्रकीट हुनुपर्छ’, अन्नपूर्ण लेख्छ– खाडी मुलुकमा काम गरी फर्केका १५ देखि २० प्रतिशत पुरुषमा त्योभन्दा कम संख्यामा शुक्रकीट देखिएको छ । आज अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here