अग्नि खरेल महान्यायाधीवक्तामा नियुक्त

काठमाडौं,८ फागुनःराष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधीवक्तामा अग्नि खरेललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खरेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । वरिष्ठ अधिवक्ता रहेका खरेल यसअघि कानून मन्त्रीसमेत हुनुभएको थियो । सरकारको मुख्य कानूनी सल्लाहकार रहने महान्यायाधिवक्ता राज्यमन्त्री सरहको पद हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here