खरबारीको आगो निभाउन जाँदा वृद्धा घाइते

सिन्धुली, ३ फागुन। सिन्धुलीको तीनपाटन गाउँपालिका–१० धाप्रेमा आगोले जल्दा एक वृद्धा घाइते भएको छ।

खरबारीमा लागेको आगो निभाउन जाने क्रममा शरीरको बाहिरी भाग जलेर ६० वर्षीया अमृता दर्जी गम्भीर घाइते भएको हो।

उनको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक सिहंले बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here