खजुरा गाउँपालिका वडा नं २ “सी”मा दोस्रो अन्तर माध्यामिक बिद्यालय मेयर कप रनिङ शिल्ड को तयारी

भिम नेपाली
मंसीर-२२
खजुरा-२बाँके
‌आईतबार खजुरा गाउँपालिका वडा नं २ स्थित श्री अमर माध्यमिक विद्यालय “सी”गाउँ स्कूल प्राङ्गण मा गाउँ बासी, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा बुद्धिजीवी समेत को संयुक्त रूपमा बैठक बस्यो।बैठकको अध्यक्षता विद्यालय व्यवस्थापन समिति का अध्यक्ष श्री डम्बर बहादुर बि. क.ले गरेका थिए। गत बर्ष जस्तै यस वर्ष पनि अन्तर माध्यामिक बिद्यालय दोस्रो मेयर कपआगामी पुस २५ गते बाट शुरु हुने अध्यक्ष डम्बर बहादुर बि.क. ले बताए। मेयर कप मा खजुरा गाउँपालिका अन्तरगत पैसठ्ठी वटा स्कूल सहभागी हुने छन। सम्पूर्ण खेल बाह्र देखि पन्द्र वटा सम्म खेल खेलाईने बताए। खेल प्रतियोगिता अवधि भर पाँच हजार भन्दा बढीको उपस्थिति हुने अनुमान गरिएको छ। मेयर कप लाई सफल बनाउनका लागि मूल समिति, उपसमिति तथा टोल समिति हरु गठन गरिएको छ। उक्त प्रतियोगिता पुस महिनाको पच्चीस गते बाट शुरु भई उनन्तीस गते समापन हुने अध्यक्षले जानकारी गराएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here