खजुरा गाँउ पालिका र जानकी गाउँ पालिका सिमानामा प्रवेशमा कडाइ

भीम नेपाली,प्रयाग गुप्ता
खजुरा,(बाँके) ६ वैशाख,शनिबार
बाँकेको जानकी गाउँ पालिकाले खजुरा गाउँ पालिकाको सिमानामा अति आवश्यक काम बाहेक अनावश्यक रूपमा आवत जावत मा रोक लगाएको छ।नेपालगन्जको गणेशमान चोक देखि गौघाट जाने सडकमा स्थानीय जनप्रतिनिधि,बिहानी क्लब,मोडेल टिमको आयोजना तथा प्रहरी चौकि बेलभार को प्रहरी इन्चार्ज कुल बहादुर बि. क.को समन्वय तथा सक्रियतामा लागु गरिएको हो।मानिसको एक गाउँ पालिका बाट अर्को मा प्रवेश गर्दा साबुन पानी ले हात धुने व्यवस्था समेत गरिएको छ। आवत जावत गर्ने लाई चेक जाँच गर्ने र बाहिर देश बाट आएको सँखालागेमा जानकी गाउँ पालिका अन्तर्गतको जोगा गाँउ स्कूलमा र खजुरा गाँउ पालिका को सैनिकको मैटवा स्कूलमा  क्वारेन्टाइन मा पठाइदिने ने. क. पा.युवा नेता तथा निर्वाचन क्षेत्र नम्बर ३ का सह संयोजक डम्बर बि. क. (तुफान ) ले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here