क्रान्तिकारीले नयाँ नेतृत्वकालागि मतदान गर्दै

काठमाडौं, १४ भदौं– नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताउनुभयो ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा हुनुहुन्छ । तेत्तीस पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ ।

निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन्  यही भदौ ७ गतेदेखि सुरु भएको २१औँ सम्मेलन अन्तर्गत निर्वाचन कीर्तिपुरस्थित त्रिवि सभाहलमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here