क्युबामा ६ दशकपछि क्यास्ट्रो परिवारबाहिर

 एजेन्सीःअमेरिकाको छेउमै रहेको टापु राष्ट्र क्युबामा ६ दशकपछि क्यास्ट्रो परिवारबाहिरका मिगुल मारियो डियाज क्यानेल शासक बन्ने भएका छन्।

कम्युनिष्ट शासन स्थापना गरेका फिडेल क्यास्ट्रोका भाइ राउल क्यास्ट्रोले सत्ता छोड्ने घोषणा गरेसँगै क्यानेल क्युबाको नयाँ शासक बन्ने बाटो खुलेको हो।

त्यहाँको राष्ट्रिय सभाले बुधबार क्यानेललाई नयाँ राष्ट्रपतिका लागि मनोनित गरेको छ। यसको औपचारिक घोषणा बिहीबार गरिने जनाइएको छ।

५७ वर्षिय क्यानेल यसअघि उपराष्ट्रपति थिए। उनी क्यास्ट्रोले  क्युबामा सन् १९५९ कम्युनिष्ट शासन स्थापना गरिसकेपछि जन्मिएका हुन्।

राजीनामापछि ८६ वर्षिय राउल क्यास्ट्रो कम्युनिष्ट पार्टीको प्रमुखका रूपमा रहनेछन्। यसअघि उनका दाजु फिडेल क्यास्ट्रोले क्युबामा झन्डै ५३ वर्ष शासन गरेका थिए। सन् २०११ मा फिडेलले शासन छोडेपछि राउल राष्ट्रपति बनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here