क्युबामा विमान दुर्घटना,सयजना भन्दा बढीको ज्यान गयो

एजेन्सी, ५ जेठ । ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ । क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो । यसमा परी १०१ जना यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन् । मृत्यु हुने यात्रुहरुमा अधिकांश क्युबाली र केही मेक्सिकन पनि रहेका बताइएको छ । उक्त जहाजमा रहेका चालक दलका सदस्यहरुको पनि ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here