क्याम्पस सहायक प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड

चितवन,३ साउन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् ।

अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएको विरोधमा क्याम्पसमा आगजनी र तोडफोड गरेको अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष लीलाराम पौडेलले जानकारी दिनुभएको छ ।

क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट भएको छ । भने कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ ।

बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेका थिए । आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here