काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन मार्च अन्तिमसम्म सकिने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) जनाएको छ।
आइसिसीले शुक्रबार जारी गरेको मिडिया रिलिज अनुसार नेपाल क्रिकेट विवाद समाधानका लागि मार्चसम्म केन्द्रिय समितिको निर्वाचन सकिने छ। आइसिसीको यसै साता बसेको बोर्ड बैठकपछि क्यान निर्वाचनको समयसीमा तोकिएको हो।
‘मार्चसम्म संशोधित विधान लागु गर्ने सहमति भएको छ,’ आइसिसीको मिडिया रिलिजमा भनिएको छ, ‘सदस्यताको आधार निर्धारण गर्न सहमति भएको छ। त्यसपछि जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन हुनेछ। निर्वाचन मार्चको अन्तिमसम्म सकिने अनुमान छ।’ निर्वाचनको आधारमा क्यान माथिको निलम्बन फुकुवा गर्न जुनमा हुने साधारणसभा प्रस्ताव लैजाने आइसिसीले जनाएको छ

