खबरै खबर संवाददाता
नेपालगन्ज(बाँके) ७ चैत्र
बाँके जिल्ला सुदुर पश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र दक्षिण भारत सँग जोडिएको ट्रान्जिट प्वाइन्ट हो। संघिय सरकारले कोरोना भाइरस नियन्त्रणलाई मध्यनजर गर्दै ठूलो भेटघाट, जमघट गर्न सरकारले प्रतिबन्ध लगाएको हो। बिहीबार बाट सुरु हुने भनेको एसईई परिक्षा र बिश्वबिधालयहरुको परिक्षा समेत रोकिएको बेला भाट्-भटेनि ले सरकारको निर्णय को धज्जी उडाएको छ भने आफुलाई सरकार भन्दा माथी छु भन्ने सन्देश दिन खोजिएको बताए।ब्यापार गर तर जनताको स्वास्थ्य माथि खेलबाड नगर अत्यन्तै खतरापुर्ण अबस्था भाटभटेनिमा देखिए को बताए।यसमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु भन्नु भयो।भाटभटेनि लाइ अबिलम्ब कार्बाहिको दायरामा ल्याउने माग गरेका छन ।अन्यथा कानुन भन्दा माथी कोहि पनि नभएको सबैलाइ अबगत गराए को बताए।यदि सम्बन्धित निकायले यसलाइ नरोके भाट्भटेनि लाइ कानुनी दायरामा ल्याउन अनेरास्ववियूले जस्तोसुकै कदम चाल्ने अनेरास्ववियुका बाँके जिल्ला सह – संयोजक टेकेन्द्र मल्ल ले बताए।

