कोरियाली भाषा परीक्षाका लागि ७९ हजारको आवेदन

काठमाडौं,१३ चैत ।  रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ७९ हजारले आवेदन दिएका छन् ।

हिजो साँझसम्म ७८ हजार ८ सय ५९ जनाको आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका लागि गत बिहीबार राति १२ बजेदेखि आवेदन फारम खुला गरिएको थियो । चैत १७ गतेसम्म भाषा परीक्षामा सहभागी हुन आवेदन दिन सकिनेछ ।
कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ भने आगामी असार १३ गते नतिजा प्रकाशन गरिने इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here