मुगु, १२ भदौं–मुगुको सोरु गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको कोदो बालीमा रोग फैलिएको छ । कोदोको पात पहेंलो देखिने, जरा र टुप्पो सुक्दै जान थालेपछि कृषक चिन्तित बनेका छन् ।
जिमा, नार्थपु, भीई, सोरुकोट, मुसिनमेला लगायत गाउँमा कोदोबालीमा रोग देखा परेको छ । सिमित सोरु गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाको पिना, मुन्दु, कोटीला, झयारी, ताल्चा लगायत स्थानमा कोदो बाली पहेलो रोग देखा परेको छ ।

