कोइरालालाई हराउँदै पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी

मोरङ,२३ मंसिर–  मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गर्नुभएको हो ।

पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गर्र्नुभएको हो । सामान्य प्रशासन मन्त्रीको कार्यभार सम्हालेका    समयमा निकै चर्चामा रहनुभएका पण्डित र कोइरालाबीच ठुलो प्रतिष्पर्दा हुने देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here