कैलालीमा गौरा महोत्सव

कैलाली, १४ भदौं–कैलालीमा आजदेखि गौरा महोत्सव हुने भएको छ । युवा विकास मञ्च नेपाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलालीको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।
यो क्षेत्रको प्रमुख लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ गौरा महोत्सव आयोजना गर्न लागेको आयोजकले जानकारी दिएका छन् ।

क्षेत्रीय रङ्गशालामा तीन दिनसम्म आयोजना हुने महोत्सवमा देउडा प्रतियोगिताको आयोजनासहित फाग, धमारी गीत गायन तथा लाखे नाच पनि रहने युवा विकास मञ्चका अध्यक्ष युवराज जोशीले जानकारी दिनुभयो ।
उहाँले डेउडा प्रतियोगिताका विजेता टिमलाई पुरस्कार समेत दिइने बताउनुभयो । देउडा प्रतियोगितामा कालिकोट, अछाम, डोटी, बझाङ, कैलाली र कञ्चनपुरका गरी १३ वटा टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here