कैदी भगाउन खोज्दा २० जनाको ज्यान गयो

ब्राजिल, २८ चैत । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको बेलेमको करागारमा रहेका कैदीलाई भगाउन सशस्त्र समूहले प्रयास गर्दा २० जना मारिएका छन् ।

सशस्त्र समूहले कारागारको पर्खालमा बिस्फोट गराई कैदी भगाउने प्रयास गर्दा उनीहरु मारिएका हुन् ।

मारिनेमा १९ कैदी र एक जना सुरक्षा गार्ड छन् । घटनामा चारजना घाइते भएका छन् ।

घटनालगत्तै सुरक्षा गार्डले सशस्त्र समूहमाथि जवाफी कारबाही गरेको थियो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here