के हो व्याजदर करिडोर ? आजदेखि लागू हुने

काठमाडौं,२९ कार्तिक– राष्ट्र बैकले आजदेखि व्याजदर करिडोर लागु गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नितिमार्फत यो व्यवस्था ल्याएको भएपनि करीव ४ महिनापछि आजवाट लागू गर्न लागिएको हो ।

यसअघि अन्तरवैंक व्याजदर ३ प्रतिशत भन्दा कम भएकोले यस्तो व्यवस्था लागू गर्न उपयुक्त नभएको वताएको राष्ट्रवैकले अहिले करिडोरका लागि वजारको अवस्था सहि भएको वताएको छ ।

व्याजदरमा स्थिरता ल्याउने उदेश्यले राष्ट्रवैकले व्याजदर करिडोर सम्वन्धि व्यवस्था ल्याएको हो । यो व्यवस्था लागू भएपछि तरलताको स्थिति र अन्तर वैक व्याजदर गरी दुइ मापदण्ड मार्फत व्याजदरलाई वाञ्छित सिमामा राख्ने राष्ट्र वैकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here