के हो धूमकेतु ? आज पृथ्वीसंग साक्षात्कार गर्दै

काठमाडौं, २२ जेठ– ‘धूमकेतु जोनसन’ नामको धूमकेतु पृथ्वीसँग पहिलो र अन्तिमपटक आज अहिलेसम्मकै नजिक आउने भएको छ ।

यो धूमकेतु आज पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आज पृथ्वीको सबैभन्दा नजिक आउने यो धूमेकतुले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार गर्नेछ ।
क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डलको उत्पत्तिका अवशेष भएकाले यी पृथ्वीको नजिक आउँदा खगोलशास्त्रीका लागि पृथ्वीलगायत समग्र सौर्यमण्डलको थप अध्ययन अनुसन्धान गर्ने अवसर हुने नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
यो धूमकेतु हाइपरबोलिक भएको हुनाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा यो लगभग ०.८११ खगोलीय एकाइको दूरीमा रहनेअध्यक्ष भट्टराईले बताउनुभयो ।
यस दुर्लभ खगोलीय घटनालाई नजिकबाट हेर्न चाहनेका लागि नासोले आज अङ्कुर विद्याश्रम विजयचोक, गौशालामा निःशुल्क अवलोकनको व्यवस्था गरेको छ ।

सो अवलोकन कार्यक्रममा पृथ्वीको चन्द्रमा, वृहस्पति ग्रह र यसका चार चन्द्रमाको पनि अवलोकन गराइने नासोका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here