के आज आउला एसइई परीक्षाको नतिजा ?

काठमाडौं,११ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको माध्यमिक शिक्षा तथा एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्यालयका उपनियन्त्रक चेतनाथ शमाले प्राविधिक त्रुटि नभए आज र त्रुटि भए भोलीसम्म नजिता प्रकाशित गर्ने जानकारी दिनु भयो । कार्यालयले नतिजा विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको छ । यस वर्षको परीक्षामा देशभरबाट कुल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागि भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here