केसीको माग सामुहिक विवेक प्रयोग गरेर समाधान गरिनेः नारायणकाजी श्रेष्ठ

गोरखा,७ साउनःनेपाल कम्यूनिष्ट पार्टी नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत प्रा।डा। गोविन्द केसीको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकता बनाएको उल्लेख गर्नुभयो ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन आएका श्रेष्ठले सोमबार पत्रकारसँग कुराकानी गर्दै वार्ताद्वारा खुला ढंगले छलफल गरेर समस्या समाधान गर्ने दोस्रो प्राथमिकता रहेको बताउनुभयो । राजनितिक दल र नागरिक समाज र आम समुदायलाई केसीको मुद्दामा राजनीतिकरण नगर्न उहाँले आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here