केरुङ नाकामा बिहानै १७ किलो अवैध सुन समातियो

रसुवा–२ मंसिर–रसुवाको केरुङ नाकाबाट १७ किलो सुन बरामद गरिएको छ । आज बिहान विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बोलेरो जिपबाट उक्त परिमाणको सुन बरामद गरेको हो ।
केहीदिन अघि नेपालबाट सामान लिन तिब्बत गएको जिपबाट लुकाइ ल्याइएको अवस्थामा सुन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख शरतकुमार थापाले बताउनुभयो । उहाँका अनुसार जिपमा ल्याइएका न्यापकिन र ट्वाइलेट पेपर भित्र राखेर १७ किलो सुन नेपाल ल्याइँदै थियो ।
विशेष सुराकीको आधारमा अवैध सुन ल्याउँदै गरेको जानकारी पाएपछि जाँचको क्रममा उक्त परिणामको सुन बरामद गरिएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

अहिले अन्य सवारीसाधनलाई पनि जाँच भइरहेको छ । जिप र जिपचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्वतीकुण्ड गाउँपालिकाका ३१ वर्षीय कसाङ दावा तामाङले उक्त जिप चलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here