केमिकल गोदाममा भिषण आगलागी

काठमाडौं,१७ बैशाख ।  वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा रहेको एक केमिकल गोदाममा भिषण आगलागी भएको छ ।

मानवबस्तीका बीचमा रहेको केमिकल गोदाममा एक्कासी साझ साढे पाँच बजेतिर भिषण आगलागी भएको  हो । वीरगन्जमा रहेको नेशनल ट्रेडिङ्ग लिमिटेडको अगाडी रहेको नेपाल फर्मास्यूटिकल्स लिमिटेड एनपीएल कार्यालयसँगै जोडिएको केमिकल गोदाममा ठूलो आगलागी भएको छ ।

आगो करिब साढे ५ बजेतिरबाट सुरु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताउनुभयो । केमिकल गोदाममा के कारणले आगलागी भएको हो भन्ने एकिन नभएको उहाँको भनाई छ ।

गतवर्ष वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेको एउटा ग्याँस उद्योगमा आगलागी हुँदा आगो निभाउने केमिकल नहुँदा ३ जनाको मृत्यु भए पनि त्यस्तै प्रकृतिको केमिकलमा लागेको आगो पानीले मात्र नियन्त्रणमा लिन सम्भव नभएको वीरगन्ज महानगरपालिकाका दमकल शाखाका कर्मचारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here