केन्यामा बाँध फुट्दा ४१ जनाको मृत्यु

केन्या,२८ वैशाख ।  केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । बाँध भत्कीएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले उनीहरूको मृत्यु भएको, केही व्यक्ति हराइरहेको र मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताउनु भयो । बाँध भत्किएपछि बगेको पानीले घरहरु, विद्यालय भवनहरु र व्यापारिक कार्यालयहरू पनि क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here