काठमाडौं, १५ भदौं– निर्वाचन आयोगले आजदेखि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता लागु गरेको छ । आयोगले आजदेखि आचारसंहिता लागु भएको र त्यसको पालना गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुखलाई निर्देशन दिएको छ ।
मंसिर १० गतेका लागि तय भएको निर्वाचनका लागि निर्वाचन ऐन २०७३ को दफा २२ अनुसार आचारसंहिता लागु गरेको आयोगले जनाएको छ ।
आयोगले सरकार र सरकारका मन्त्री, स्थानिय तह, स्थानिय तहका कर्मचारी, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी, निर्वाभनको कामका संलग्न व्यक्ति, सार्वजनिक पदधारणा गरेको व्यक्तिको हकमा आजदेखि आचारसंहिता लागु भएको जनाएको छ।
उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको दिनबाट लागु हुनेछ । सरकारले हिजो निवार्चन दुई चरणमा गर्ने निर्णय गरेको छ । पहिलो चरणको मंसिर १० र दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ ।

