केन्द्रीय प्रहरी प्रवक्तामा शैलेश थापा नियुक्त

काठमाडौं, ७ जेठ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा शैलेश थापालाई नियुक्त गरिएको छ । प्रवक्ता मनोज नेउपानेको महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा भएपछि प्रवक्ताको जिम्मवारी एसएसपी शैलेश थापा क्षेत्रीलाई दिइएको छ । उहाँले नै नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here