केन्द्रीय क्याम्पस कीर्तिपुरका नेविसंघ समर्थित विद्यार्थीद्धारा वैधानिक नेतृत्व चयन गर्न माग ( विज्ञप्ती सहित)

 

काठमाडौं, १३ साउन– त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनरत नेपाली विद्यार्थी संघ (नेविसंघ) समर्थित विद्यार्थीहरुले तत्काल क्याम्पस इकाइको अधिवेशन गर्न माग गरेका छन् ।

केन्द्रीय क्याम्पस कीर्तिपुरमा ’नेविसंघ अध्यक्ष आफुलाई भन्दै हिँड्ने नेता नै आधादर्जन रहेको भन्दै विद्यार्थीहरुले विज्ञप्ति मार्फत अबिलम्ब विधिवत् प्रक्रियाका साथ अधिवेशन गराई सैवधानिक नेतृत्व चयन गर्न माग गरेका हुन ।

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनरत नेविसंघमा आस्थावान विद्यार्थीहरुको नामबाट प्रकाशित विज्ञप्तिमा भनिएको छ, ’त्रिवि नेविसंघ लामो समयदेखि नेतृत्वविहीन छ, तसर्थ अबिलम्ब विधिवत प्रक्रियाका साथ अधिवेशन प्रारम्भ गराई वैधानिक नेतृत्व चयन गर्न केन्द्रीय कार्यसमितिसँग आग्रह गर्दछौं।’

कुनै अधिवेशन नभएको र आधिकारिक भेला पनि नबोलाइएकाले कसैले दाबी गरेको समिति र अध्यक्षलाई आधिकारिक मान्न नसकिने उनीहरुको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here