कृष्णानगरको मुख्य बजार डुबानमा

कपिलवस्तु, १८ः असार ,आइतबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण कपिलवस्तुको कृष्णानगर नगरपालिका र कपिलवस्तु नगरपालिकाका मुख्य बजारहरु डुबानमा परेका छन् ।

कृष्णनगर नगरपालिकामा ढल निकासको उचित व्यवस्थापन नभएका कारण वर्षाको पानी तथा नालीको फोहरपानी सडकमा ३ देखि ४ फिटसम्म जम्मा भइ मुख्य बजार काली मन्दिरचोक, बस स्टेन्ड, कृषि विकास बैंक, इलाका प्रहरी कार्यालयलगायतका विभिन्न स्थान डुबानमा परेका हुन् ।

कृष्णनगर नगरपालिका कार्यालय पनि डुबानमा परेको छ । ढल निकास अव्यवस्थित रहेकाले सडकको वरिपरि रहेका घर–पसलमा पानी पसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here