कृषि पेशा सम्मानित र मर्यादित पेशा हो -मन्त्री खनाल

काठमाडौँ, ३० चैत । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्ने बताउनुभएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा गरिएको २१औँ पुष्प मेलाको उद्घाटन गर्नुहुँदै कृषि मन्त्री खनालले माटो र मल खेलाउने व्यक्तिलाई राज्यले सम्मानजनक रुपमा लिनुपर्ने बताउनुभयो ।  ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ भृकुटीमण्डपमा मेला शुरु भएको छ ।
मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री छन् । मेलामा फूलका ८२ कक्ष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here