कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन मुख्यमन्त्रीको जोड

रुपन्देही, जेठ ९-कृषि, पशुपक्षी, सहकारी र भूमि व्यवस्थासँग सम्बन्धित नीति निर्माण र सहकार्यका लागि आजदेखि बुटवलमा प्रदेश स्तरीय दुई दिने अन्तरक्रिया शुरु भएको छ ।

प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको “सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सरोकारवालासँगको नीति निर्माण र सहकार्यको क्षेत्र” सम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री शंकर पोखरेलले कृषिमा आधारित सहकारीलाई नै प्राथमिकता दिएर काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले कृषि बीमा र पशु बीमाको झन्झटिलो प्रक्रियालाई सहज बनाउन आवश्यक भएकामा जोड दिँदै बालीमा हुने नोक्सानीको क्षतिपूर्ति कृषकको सहज र सरल पहुँचमा हुनुपर्छ भन्नुभयो ।
मुख्यमन्त्री पोखरेलले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि, पशुपक्षी, सहकारी र भूमि व्यवस्थासँग सम्बन्धित छलफलले कृषकको परम्परागत खेती गर्ने प्रणालीलाई रुपान्तरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here