कृषिमा वैज्ञानिक र आधुनिक कृषि प्रणालीको विकास हुन जरुरी- राज्यमन्त्री बाँस्कोटा

बनेपा,  १८ वैशाख-सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कृषि प्रणालीको विकासका लागि वैज्ञानिक र आधुनिक कृषि प्रणालीको विकास हुन जरुरी रहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपास्थित कृषि मेला समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आधुनिक कृषि प्रणालीको विकासमा सरकारको ध्यान केन्द्रीत छ ।”

राज्यमन्त्री बाँस्कोटाले कृषि बजारको व्यवस्थापन, लगानी र सम्मान अहिले राज्यले लिन खोजेको नीति हो भन्दै जसले कृषिको काम गर्छ उसैले जमिनमा खेती गर्न पाउनुपर्छ बताउनुभयो ।

“खोलेको छ फलाम कारखाना, जमिन ओगटेको छ सयौँ रोपनी, अनि कसरी हुन्छ उत्पादन ?” भनी प्रश्न गर्दै उहाँले राज्यको कृषि नीति समयसापेक्ष हुन नसक्दा उत्पादन घट्दो क्रममा रहेको बताउनुभयो ।

राज्यमन्त्री बाँस्कोटाले टुक्रे प्रणाली अपनाएकै कारण कृषि क्षेत्र समापन हुन लागेको चर्चा गर्दै कृषकलाई निर्वाहमुखी नभई व्यवसायमुखी बन्न सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here