कृषिमन्त्री चक्रपाणि खनालका मिठा कुरा…

काठमाडौँ, २३ असार-कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले बृहत्रुपमा कृषि फार्म सञ्चालन गर्न जग्गा अभाव देखिएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि व्यवसायी र सहकारी संस्थाले कृषि फार्म सञ्चालन गर्न जग्गा माग गरेकामा मन्त्रालयले उपलब्ध गराउन नसकेको बताउनुभयो ।

भू–माफियाले खेतीयोग्य जमिन चक्लाबन्दी गरी टुक्राटुक्रामा कित्ताकाट गरेकाले जग्गा एकीकरण गर्न निकै कठिन भएको उल्लेख गर्दै मन्त्री खनालले कृषि व्यवसायी र सहकारी संस्थालाई उनीहरुले चाहेअनुरुप जमिन उपलब्ध गराउन समस्या परेको बताउनुभयो ।

उहाँले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुरलगायत झन्डै आधा दर्जन जिल्लामा उनैउनै भू–माफियाको लगानी देखिएको र खेतीयोग्य जग्गा व्यापकरुपमा खण्डीकरण गरी टुक्रा टुक्रा घडेरी कित्ताकाट भएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here