काठमाडौं,१ जेठ । भारतीय सांसद कृति आजादलाई कारबाहीको माग गर्दै नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । मंगलबार विहान ९ देखि १० बजेसम्म नेविसंघले त्रिचन्द क्याम्प अगाडि चक्काजाम गरेको हो । सांसद कृति आजादलाई कारवाही गर्न नेपाल सरकारले भारत सरकारलाई कुटनितिक दवाब दिनु पर्ने मुख्य माग नेविसंघको रहेको छ । भाजपा सांसद कीर्ति आजादले शुक्रबार ट्विटमार्फत जनकपुरलाई भारतमा गाभेर मिथिला राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए।

