कुष्ठरोग निवारणका लागि घरदैलो अभियान सुरु

चितवन,२५ चैत–  चितवनमा आजदेखि कुष्ठरोग निवारणका लागि घरदैलो अभियान सञ्चालन गरिदैछ । कुष्ठरोगीको खोजी गरी निवारणमा टेवा पु¥याउने उदेश्यका साथ आजदेखि चैत २९ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो ।
नेपाल सरकारले लिएको लक्ष्य प्रति १० हजार जनसंख्यामा १ भन्दा कम कुष्ठरोगीको अवस्था कायम राख्नका लागि अभियान सुचारु गरिएको माडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीले वताउनुभयो ।
गाउ घरमा लुकेर बसेका वा छुटेका शकांस्पद कुष्ठरोगीलाई अस्पतालमा पु¥याउने लक्ष्य रहेको छ । तथ्याङक अनुसार माडी नगरपालिकाभित्र मात्रै ६२ जना कुष्ठरोगी फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here