कुवेतमा नेपाली महिलकाे करेट लागेर मृत्यु

एजेन्सीः वेलवारी–५, मोरङकी ३९ वर्षिय फुलमाया बिकको कुवेतको जिलिवमा करेट लागेर मंगलवार बिहान मृत्यु भएको छ । उनी ७ महिना अघि कुवेत पुगेकी थिइन् ।

फुलमायाको शब स्थानीय अस्पतालमा राखिएको छ। उनी घटना हुनु दुई दिनअघि आफ्नो मालिकको घरवाट भागेर निस्केको रोजगारदाताको दावी छ। घटना वैधानिक रोजगारादाताको घरवाहिर भएको वताइएको छ।

नेपाली दूतावासका अनुसार फुलमायाको पोष्टमार्ट रिपोर्टमा करेन्ट लागेर मृत्यु भएको उल्लेख छ। दूतावासले परिवारसँग सम्र्पक गरी शब पठाउने प्रक्रिया अगाडि बढाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here